Skip to content
Shikhar Insurance
National Life

८.१४ अंकले घट्यो सेयर बजार, कारोबार रकम भने ९ अर्ब ३७ करोड माथि

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन अर्थात बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८.१४ अंकले घटेर २६२३.८३ मा पुगेको हो ।

बुधबार ३१४ कम्पनीको २ करोड ४६ लाख ४१ हजार २ सय ६१ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ३७ करोड ४१ लाख २२ हजार बराबरको कारोबार भएको छ ।

बुधबार राधी विद्युत कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीले ५८ करोड ४ लाख २४ हजार ४ सय २१ रुपैयाँ संकलन गरेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६ सय ६५.१० रुपैयाँ रहेको छ ।

बुधबार १०७ कम्पनीको सेयर मूल्य बढ्दा १३६ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

साथै, बुधबार ३ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने भूगोल यनर्जी डेभलपमेन्ट कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्