Shikhar Insurance
National Life

११.६४ अंकले घट्याे सेयर बजार, कारोबार रकममा भने वृद्धि

सिंहदरबार संवाददाता
२०८१ माघ २४, बिहीबार १५:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.६४ अंकले घटेर २६९९.८१ मा पुगेको हो ।

बिहीबार ३ सय १५ कम्पनीको १ करोड ८६ लाख ८० हजार कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २४ करोड ७३ लाख ७५ हजार रुपैयाँँ बराबरको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिहीबार ७४ कम्पनीको सेयर मूल्य बढ्दा १६० कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

बिहीबार सहस उर्जा लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३१ करोड ३५ लाख रुपैयाँ बढी कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता मूल्य ५ सय ७ रुपैयाँ पुगेको छ ।

साथै, आज १ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने २ कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्