काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.४१ अंकले घटेर २६४३.९३ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
आइतबार ३१८ कम्पनीको १ करोड ५७ लाख २० हजार ३ सय ६७ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १२ करोड ८६ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ भने अघिल्लो दिन ७ अर्ब ८५ करोड ७७ लाख ९२ हजार बढीको कारोबार भएको थियो ।
आइतबार ११६ कम्पनीको सेयर मूल्य बढ्दा १२१ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आइतबार सप्तकोशी डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३९ करोड ५३ लाख बढी संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता १ हजार ५ सय ९५ रुपैयाँ पुगेको छ ।
आइतबार २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ४ कम्पनीको सयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्