Shikhar Insurance
National Life

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम साढे ४ अर्ब

सिंहदरबार संवाददाता
२०८१ चैत्र ७, बिहीबार १५:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२.३८ अंकले घटेर २६६९.७६ को बिन्दुमा पुगेर बन्द भएको हो ।

बिहीबार ३१२ कम्पनीको ९५ लाख ९९ हजार ३ सय ४३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड १३ लाख ११ हजार २ सय ८२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिहीबार ६२ कम्पनीको सेयर मूल्य बढ्दा १७५ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

बिहीबार नेपाल रि र हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । नेपाल रि इन्स्योरेन्सको २८ करोड २१ लाख २८ हजार बढस् रुपैयाँको करोबार हुन्छ सेयर मूल्य भने १ हजार २ सय ७७ रुपैयाँ ९० पैसा रहेको छ ।

त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको २३ करोड १२ लाख ३६ हजार रुपैयाँ संकलन हुँदा कम्पनीको सेयर मूलय प्रतिकित्ता ९ सय ६३ रुपैयाँ पुगेको छ ।

बिहीबार दोल्ती पावर कम्निीको सेयर मूल्य ७.५३ प्रतिशतले बढेको छ भने २ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्