Skip to content
Shikhar Insurance
National Life

१५.५७ अंकले घट्यो सेयर बजार, कारोबार रकम ५ अर्ब ७९ करोड

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५.५७ अंकले घटेर २६७७.५५ मा पुगेको हो ।

मंगलबार ३२० कम्पनीको १ करोड ६ लाख ७० हजार ६ सय ४९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७९ करोड ७७ लाख ९१ हजार ७ सय रुपैयाँ कारोबार भएको छ ।

मंगलबार हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक करोबार भएको छ । कम्पनीको ६४ करोड २५ लाख ६६ हजार ६२२ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार १७ रुपैयाँ पुगेको छ ।

मंगलबार ४२ कम्पनीको सेयर मूल्य बढ्दा २०१ कम्पनीको सेयर मूल्य घटेको छ ।

साथै, आज गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने गुराँस लघुवित्तको सेयर ५.९६ प्रतिशतले घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्