काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.५३ अंकले घटेर २६४७.०७ मा पुगेको हो ।
सोमबार ३२७ कम्पनीको २ करोड ३६ लाख ८९ हजार ७१ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९१ करोड २८ लाख ४३ हजार ९ सय १९ रुपैयाँ बराबर कारोबार संकलन भएको छ ।
सोेमबार ङादी ग्रुप पावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ७० करोड ९४ लाख ७१ हजार २ सय ३७ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३ सय ५४ रुपैयाँ रहेको छ ।
सोमबार ७८ कम्पनीको सेयर मूल्य बढ्दा १६७ कम्पनीको सेयर मूल्य घटेको छ । साथै, सोमबार नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो इन्स्योरेन्स कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमा ८.४५ प्रतिशतले गिरावट आएको छ ।
प्रतिक्रिया दिनुहोस्