काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.०८ अंकले घटेर २७१५.९१ मा पुगेको हो ।
म्ंगलबार ३१५ कम्पनीको १ करोड ६९ लाख १७ हजार ८ सय ३५ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९१ करोड ९६ लाख ९७ हजार ७७५ रुपैयाँको कारोबार भएको छ ।
मंगलबार ७१ कम्पनीको सेयर मूल्य बढ्दा १६२ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज एनआरएन इन्फ्राष्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३० करोड ८७ लाख १३ लाख ७ सय ९२ रुपैयाँ कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता न्युनतम मूल्य १ हजार ३ सय ४९.८० रुपैयाँ रहेको छ ।
साथै, आज जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने ४ कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्