Shikhar Insurance
National Life

११.४९ अंकले घट्याे सेयर बजार, काराेबार रकम ८ अर्ब ३९ करोड

सिंहदरबार संवाददाता
२०८१ माघ २७, आईतवार १५:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.४९ अंकले घटेर २६६८.३१ को बिन्दुमा पुगेर बन्द भएको हो ।

आइतबार ३ सय ५ कम्पनीको १ करोड ५८ लाख ५५ हजार कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३९ करोड ८६ लाख ६० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आइतबार ६८ कम्पनीको सेयर मूल्य बढ्दा १६८ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आइतबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३१ करोड १६ लाख रुपैयाँ बढी कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता मूल्य १ हजार ३ सय ४४ रुपैयाँ पुगेको छ ।

साथै, आइतबार २ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ६.५२ प्रतिशतले घटेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्