काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.५३ अंकले घटेर २६५०.११ मा पुगेको हो ।
आइतबार ३०० कम्पनीको २ करोड ४० लाख ११ हजार १४ कित्ता सेयर किनबेच हुँदा १० अर्ब २० करोड २७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आइतबार राधी विद्युत कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ६६ करोड १० लाख ७० हजार बढीको कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता सेयर मूल्य ७ सय ४४.२० रुपैयाँ रहेको छ ।
आइतबार ८२ कम्पनीको सेयर मूल्य बढ्दा १६४ कम्पनीको सेयर मूल्य घटेको छ ।
त्यस्तै, आज ५ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने सिन्धु विकास बैंकको सेयर ७.४५ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्