Skip to content
Shikhar Insurance
National Life

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम भने ११ अर्ब २३ करोड

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.७६ अंकले घटेर २६२८.९१ को बिन्दुका पुगेको छ ।

बिहीबार ३ सय १४ कम्पनीको २ करोड ९४ लाख १५ हजार ४ सय ७ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब २३ करोड १४ लाख ८९ हजार ९ सय ६४ रुपैयाँ बराबर संकलन भएको छ ।

बिहीबार ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ८५ करोड ४४ लाख बढी रुपैयाँ संकलन हुँदा प्रतिकित्ता भने ४ सय १३ रुपैयाँ पुगेको छ ।

बिहीबार ४७ कम्पनीकाे सेयर मूल्य बढ्दा २ सय १ कम्पनीकाे सेयर मूल्य बढेकाे छ ।

साथै, बिहीबार एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ३ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्