काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.०७ अंकले घटेर २६५३.६८ बिन्दुमा बन्द भएको हो ।
बुधबार ३ सय १४ कम्पनीको २ करोड ३४ लाख ४६ हजार ९ सय ४९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ८ करोड ५८ लाख ८६ हजार ८ सय ७७ रुपैयाँ बराबर संकलन भएको छ ।
बुधबार सानिमा माई हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ७१ करोड ७८ लाख रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ६ सय ४९ रुपैयाँ रहेको छ ।
बुधबार एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्