Skip to content
Shikhar Insurance
National Life

सामान्य अंकले घट्यो सेयर बजार, कारोबार रकम ७ अर्ब ५८ करोड

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.२१ अंकले घटेर २६७४.७६ मा पुगेको हो ।

सोमबार ३ सय ३७ कम्पनीले ७ अर्ब ५८ करोड ५० लाख २२ हजार ५ सय ९० रुपैयाँको १ करोड ७१ लख ६० हजार ६ सय २५ कित्ता सेयर किनबेच गरेका छन् ।

सोमबार सबैभन्दा धेरै राधी विद्युतको कारोबार भएको छ । कम्पनीले ६४ करोड ३१ लाख ५० हजार ९०१ रुपैयाँ संकलन गरेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८ सय ४ रुपैयाँ रहेको छ ।

सोमबार ९२ कम्पनीको सेयर मूल्य बढ्दा १५५ कम्पनीको सेयर मूल्य घटेको छ ।

साथै, आज एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने १ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्