काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.०८ अंकले घटेर २६५५.३८ अंकमा पुगेको हो ।
बिहिबार ३ सय ११ कम्पनीको २ करोड ८६ लाख ७ हजार ६ सय ८५ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ५१ करोड ५३ लाख ८ हजार ९ सय ६१ रुपैयाँ किनबेच भएको छ ।
बिहिबार न्यादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १ अर्ब ८ करोड १४ लाख ८८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ४ सय ८ रुपैयाँ रहेको छ ।
बिहिबार ९९ कम्पनीको १ सय ४९ कम्पनीको सेयर मूल्य बढ्दा ९९ कम्पनीको सेयर मूल्य घटेको छ । साथै, आज १ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने गुराँस लघुवित्तको सेयर ९.९० प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्