काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.९९ अंकले घटेर २६४०.९६ मा पुगेको हो ।
बिहिबार ३ सय ११ कम्पनीले ७ अर्ब ९७ करोड ८ लाख ८६ हजार ६ सय ६३ रुपैयाँको १ करोड ७१ लाख ८ हजार ८ सय ९ कित्ता सेयर किनबेच गरेको छ ।
बिहिबार राधी विद्युत कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ९१ करोड २३ लाख ९० हजार रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ८ सय ३८ रुपैयाँ रहेको छ ।
त्यस्तै, बिहिबार ९४ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ५३ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
साथै, आज ४ कम्पनीके सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ओम मेगा श्री फर्मास्युटिकल्स लिमिटेडकोे सेयर ९.७६ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्