काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.५७ अंकले घटेर २६७९.९८ को बिन्दुमा पुगर बन्द भएको छ ।
आइतबार ३ सय १४ कम्पनीको १ करोड ८५ लाख ५ हजार ७ सय ७१ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६० करोड ९५ लाख ४२ हजार २ सय १२ रुपैयाँ बराबर संकलन भएको छ ।
आइतबार राधी जलविद्युत पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ७१ करोड ४९ लाख बढी संकलन भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७ सय ९० रुपैयाँ पुगेको छ ।
आइतबार ९९ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ४८ कम्पनीको सेयर मूलय घटेको छ भने १ कम्पनीको सेयर मूलय स्थिर रहेको छ ।
साथै, आइतबार एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्य ८.२८ अंकले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्