Skip to content
Shikhar Insurance
National Life

सामान्य अंकले घट्यो सेयर बजार, कारोबार रकम ८ अर्ब ३२ करोड

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.९६ अंकले घटेर २६८८.३२ मा पुगेको हो ।

मंगलबार ३१९ कम्पनीको २ करोड २५ लाख ५५ हजार ७ सय १३ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३२ करोड १२ लाख ८२ हजार १ सय ८८ रुपैयाँकको कारोबार भएको छ ।

मंगलबार ङादी ग्रुप पावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४४ करोड ६० लाख ३७ हजार ९ सय ४६ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३ सय २६ रुपैयाँ पुगेको छ ।

मंगलबार ८६ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ६० कम्पनीको सेयर मूल्य बढेको छ भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

साथै, आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमा नकारात्मक सर्किट लागेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्