काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ०.३३ अंकले घटेर २६००.२० बिन्दुमा बन्द भएको हो ।
बुधबार ३ सय ११ कम्पनीको १ करोड ३७ लाख ५९ हजार ६ सय ४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९४ करोड २८ लाख ५२ हजार २ सय ५६ रुपैयाँ बराबर कारोबार भएको छ ।
बुधबार १ सय १२ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ३४ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको मूल्य स्थिर रहेको छ ।
बुधबार बुटवाल पावर कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको ५३ करोड ९४ लाख रुपैयाँ संकलन भएको छ भने प्रतिकित्ता कम्पनीको सेयर मूलय ८ सउ ४२ रुपैयाँ रहेको छ ।
साथै, बुधबार मोदी इनर्जीको सेयर मूलयमा सकारात्मक सर्किट लागेको छ भने जोशी हाइड्रोपावरको सेयर मूलय ९.५१ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्