Shikhar Insurance
National Life

सामान्य अंकले घट्यो सेयर बजार, कारोबार रकम करिब ९ अर्ब

सिंहदरबार संवाददाता
२०८१ माघ २३, बुधबार १५:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.४५ अंकले घटेर २७११.४५ मा पुगेको हो ।

बुधबार ३ सय ९ कम्पनीको १ करोड ९१ लाख ८१ हजार ४ सय १४ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९५ करोड ८० लाख ७ हजार ३ सय ५ रुपैयाँँ बराबरको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबार १ सय १३ कम्पनीको सेयर मूल्य बढ्दा १२२ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आज नेपाल रिलायान्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३३ करोड ७६ लाख ३९ लाख रुपैयाँ बढी कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता मूल्य ९ सय ९८ रुपैयाँ पुगेको छ ।

साथै, आज ३ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने २ कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्