काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.६० अंकले घटेर २६६७.६८ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
बिहीबार ३ सय २१ कम्पनीको १ करोड १३ लाख ८४ हजार ७ सय २५ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६३ करोड ७९ लाख ८१ हजार २ सय ५० रुपैयाँ बराबरको कारोबार भएको छ ।
बिहीबार राधी विद्युत कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको सेयर ३५ करोड ९४ लाख संकलन भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४ सय ७० रुपैयाँ रहेको छ ।
बिहीबार १ सय १३ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ३१ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
साथै, बिहीबार एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्य ४.३७ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्