Skip to content
Shikhar Insurance
National Life

सोमबार सामान्य अंकले घट्यो सेयर बजार, कारोबार रकम ८ अर्ब ७७ करोड माथि

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । साेमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.७५ अंकले घटेर २६९८.२८ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

सोमबार ३१९ कम्पनीको २ करोड १२ लाख ३ हजार ७ सय ६६ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७७ करोड ५७ लाख २० हजार २ सय ९३ रुपैयाँ बराबर कारोबार भएको छ ।

सोमबार ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ५३ करोड ९९ लाख रुपैयाँ संकलन भएको छ भने कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३ सय ४० रुपैयाँ पुगेको छ ।

सोमबार १ सय १२ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ३३ कम्पनीको सेयर मूल्य बढेको छ भने एक कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

साथै, आज ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्य ७.९० प्रतिशतले घटेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्