काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.६१ अंकले घटेर २६३३.३२ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
सोमबार सबै उपसूचकहरु राताम्मै भएका छन् । सोमबार ३१२ कम्पनीको १ करोड ७२ लाख ५३ हजार ५ सय ७६ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९२ करोड ४० लाख ६५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ भने अघिल्लो दिन ९ अर्ब १२ करोड बढी रुपैयाँको कारोबार भएको थियो ।
सोमबार १०५ कम्पनीको सेयर मूल्य बढ्दा १२९ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । सोमबार सिन्धु विकास बैंकको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २९ करोड ८३ लाख बढी संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता १ हजार १ सय ३८.९० रुपैयाँ पुगेको छ ।
सोमबार न्यादी हाइडोपावर र जानकी फाइनान्स सहित ४ कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ८.४६ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्