काठमाडौं । राष्ट्र बैंकका पुर्व गभर्नर महाप्रसाद अधिकारीको पदावधि सकिएपछि बजार बढ्ने अनुमान फेल खाएको छ । गर्भनरको सेवा अवधि सकिएपछि भएको पहिलो कारोबारमा बजार दोहोरो अंकले घटेको हो ।
कुनै समय गभर्नरकै कारण बजार ओरालो लागेको आरोप चर्को रुपमा उठ्ने गरेको थियो । पुर्व गभर्नर अधिकारीको कार्यकाल चैत २३ गते सकिएको छ । अधिकारीको कार्यकाल सकिएपछि डेपुटी गभर्नर निलम ढुङगानालाई कामु गभर्नरको जिम्मेवारी दिएको छ ।
साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३.३ अंकले घटेर २६७०.०६ मा पुगेको हो ।
सोमबार ३२२ कम्पनीको १ करोड १४ हजार ८ सय ६६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६५ करोड ८९ लाख ७३ हजार ७ सय ६६ रुपैयाँको कारोबार भएको छ । सोमबार हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ५० करोड ३६ लाख रुपैयाँ बढीकोे कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ४० रुपैयाँ पुगेको छ ।
सोमबार २३ कम्पनीको सेयर मूल्य बढ्दा २२१ कम्पनीको सेयर मूल्य घटेको छ । साथै, आज बुटवल पावरको सेयर ६.७५ प्तिशतले बढेको छ भने हिमालयन पावरको पार्टनरको ५.३५ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्