Shikhar Insurance
National Life

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकममा पनि गिरावाट

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन २६, सोमबार १५:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २०.६८ अंकले घटेर २७५१.४२ को बिन्दुमा पुगेर बद भएको छ ।

सोमबार ३११ कम्पनीको १ करोड ५० लाख ९४ हजार ९ सय १५ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३७ करोड ८० लाख ५५ हजार ५७ रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार ४४ कम्पनीको सेयर मूल्य बढ्दा १९१ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोमबार नेपाल रि इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ७३ करोड ५० लाख ९० हजार ९ सय २९ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ३ सय रुपैयाँ रहेको छ ।

सोमबार १ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्