काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२.०४ अंकले घटेर २६६१.६४ मा पुगेको हो ।
बिहिबार ३१५ कम्पनीको ३ करोड ७ लाख ९९ हजार ९१ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ६५ करोड १७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
बिहिबार न्यादी ग्रुप पावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ७८ करोड ४५ लाख ९६ हजार बढीको कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता सेयर मूल्य ३ सय ८८.५० रुपैयाँ रहेको छ ।
बिहिबार ९६ कम्पनीको सेयर मूल्य बढ्दा १५० कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै, आज ४ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने नारायणी डेभलपमेन्ट बैंकको सेयर ७.०६ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्