काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२.२१ अंकले घटेर २७१९.२० को बिन्दुमा पुगेर बन्द भएको छ ।
मंगलबार ३०३ कम्पनीको १ करोड ५५ लाख ५९ हजार ६ सय ८३ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३९ करोड ११ लाख ५९ हजार ५० रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार ३२ कम्पनीको सेयर मूल्य बढ्दा २०९ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
मंगलबार हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ५८ करोड ६५ लाख १७ हजार रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार १७ रुपैयाँ पुगेको छ ।
मंगलबार महालक्ष्मी वकिास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक् कम्पनीको सेयर मूल्य ६.६९ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्