Skip to content
Shikhar Insurance
National Life

विपक्षी दलहरुलाई सभामुखको आग्रह: संसद प्राणहीन बनाउने काम नगर्नुस्

Hyundai
NCELL
NIMB

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद प्राणहीन बनाउने कामहरु नगर्न सांसदहरुसँग आग्रह गरेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा विपक्षी राजनीतिक दलहरुले संसद अवरुद्ध बनाएसँगै सभामुख घिमिरेले यस्तो आग्रह गरेका हुन् ।

उनले सदन दुई हप्तादेखि अवरुद्ध रहेको बताउँदै देशका समस्याहरु समाधान गर्ने सर्वोच्च निकाय संसद भएकाले छलफलको वातावरण बनाउन आग्रह गरे । उनले सभा सञ्चालन नभएसम्म संसदले गर्ने काम अघि बढ्न नसक्ने बताए । दुई साता यता भिजिट भिसा प्रकरणबारे गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी राजनीतिक दलहरुले संसद अवरोध गर्दै आएका छन् ।

सभामुख घिमिरेले भने, ‘माननीय सदस्यहरु सदन दुई हप्तादेखि अवरुद्ध छ । देशका समस्या समाधान गर्ने सर्वोच्च निकाय सदन हो । छलफलको वातावरण हामीले बनाउनु पर्छ । त्यो वातावरण बनाउनका लागि बोलिरहनुभएको माननीय सदस्यहरु आसनग्रहण गरौँ । म दलीय आधारमा फेरि पनि माननीय सदस्यहरुलाई समय दिन्छु । हामी विषयअन्तर्गत छलफल गर्दै जाने वातावरण बनाउनुपर्छ । नत्र सभा सञ्चालन हुन सक्दैन । सभा सञ्चालन नभए संसदले गर्ने काम गर्न सक्दैन । संसद प्राणहिन बनाउने कामहरु नगरौँ । त्यसको लागि म माननीय सदस्यहरुलाई अनुरोध गर्दछु ।’

विपक्षी राजनीतिक दलहरुको अवरोधपछि प्रतिनिधि सभाको बैठक बिहीवार ३ बजेलाई बोलाइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्