Skip to content
Shikhar Insurance
National Life

दक्षिण कोरियाद्वारा उत्तर कोरियासँगको सीमा क्षेत्रमा लाउडस्पीकर प्रशारण बन्द

Hyundai
NCELL
NIMB

एजेन्सी । दक्षिण कोरियाले प्रजातान्त्रिक जन गणतन्त्र कोरियासँगको सीमा क्षेत्रमा लाउडस्पीकरमार्फत प्रचार प्रशारण रोकेको छ । सोलको रक्षा मन्त्रालयले बुधवार यसबारे जानकारी गराएको हो ।

मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ कि यो अन्तर–कोरियाली सम्बन्ध र कोरियाली प्रायद्वीपमा शान्ति पुनस्र्थापित गर्ने राष्ट्रपति ली जे–म्युङको प्रतिज्ञा पूरा गर्नको लागि एक योजना हो । मिडिया आउटलेटहरूकाअनुसार बुधवार दिउँसोदेखि उत्तर कोरिया विरोधी लाउडस्पीकर प्रशारण निलम्वन गरिएको थियो ।

जुन ४ मा पदभार ग्रहण गरेका लीले अभियानको क्रममा लाउडस्पीकर प्रशारण बन्द गर्ने प्रतिवद्धता जनाएका थिए । जुन गत वर्ष जुनमा फोहोर र मलले भरिएको बेलुनहरू उत्तर कोरियाले पठाएको बदलामा पुन: शुरु गरिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्