Skip to content
Shikhar Insurance
National Life

सोनापुर मिनरल्सको ६ महिनाको व्यापार ९१ करोड बढी

Hyundai
NCELL
NIMB

काठमाडौैं । २००८ मा स्थापना भएको सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले ६ महिनामा ९१ करोड रुपैयाँ बढीको व्यापार गरेको छ । कम्पनीले सन् २०२५ को ६ महिनामा ९१ करोड ५० लाख रुपैयाँको व्यापार गरेको हाे ।

त्यस्तै, कम्पनीले सन् २०२१ मा २ अर्ब ९२ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो भने सन् २०२२ मा २ अर्ब ३७ करोड ५० लाख रुपैयाँ, २०२३ मा १ अर्ब ८० करोड १० लाख रुपैयाँ, २०२४ मा १ अर्ब ६४ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।

त्यस्तै, कम्पनीको ब्याज कभरेज रेसियो २०२१ मा ३.४८, २०२२ मा २.३१, २०२३ मा १.५३ र २०२५ को ६ महिनामा ०.१३ रहेको इन्फाेमेरिक्स क्रेडिट रेटिङ नेपालले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । कम्पनी जुलाई २२, २०२२ मा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडमा रूपान्तरण भएको थियो ।

कम्पनीले हाल ‘सोना सिमेन्ट’ ब्रान्ड नाम अन्तर्गत ओपीसी र ‘सोना श्री सिमेन्ट’ ब्रान्ड नाम अन्तर्गत पीपीसी उत्पादन र बिक्री गर्दै आएको छ । सोनाको सिमेन्ट ग्राइन्डिङ युनिटको लागि २,३०० एमटीपीडी र क्लिंकराइजेसन युनिटको लागि १,६५० एमटीपीडी उत्पादन क्षमता छ ।

त्यसैगरी, अत्याधुनिक जर्मन प्रविधिद्वारा समर्थित उत्पादनहरूले गुणस्तर र टिकाउपनको उच्चतम मापदण्ड पूरा गर्ने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्