काठमाडौं । चालु आर्थिक वर्ष ०८१र०८२ को वैशाखमसान्तसम्ममा लघु जीवन बीमा कम्पनीले साढे ९८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका ३ वटा लघु जीवन बीमकले बैशाख मसान्तसम्ममा ९८ करोड २६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।
वैशाखमसान्तसम्ममा सबैभन्दा धेरै कुल बीमाशुल्क आर्जन गर्नेमा गार्डियन माइक्रो लाइफ पहिलो रहेको छ। कम्पनीले ३७ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
त्यस्तै, क्रेस्ट माइक्रो लाइफले ३६ करोड २३ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले २४ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्