Shikhar Insurance
National Life

इभी बजारमा एग्रेसिभ बन्दै सिप्रदी, टप भेरियन्टको ‘कर्भ’ नेक्शन र टियागोलाई अपग्रेड गर्यो

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन १२, सोमबार १३:११
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली बजारमा टाटाले नयाँ एसयूभी ‘कर्भ’ इभी सार्वजनिक गरेको छ । नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले आइतबार एक कार्यक्रम आयोजना गर्दै कर्भ इभी सार्वजनिक गरेको हो ।

सिप्रदीले कर्भ इभीको नेपालमा सफल परिक्षण गरेपछि बिक्री सुरु गरेको सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रजन बाबु श्रेष्ठले बताए । उनका अनुसार नेपलमा ‘कर्भ’ इभीको टप भेरियन्ट मात्रै उपलव्ध हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आकर्षक डिजाइन र अत्याधुनिक प्रविधिसहितको टाटा कर्भ इभी नेपाली बजारमा सार्वजनिक गरिएसँगै अटो बजारमा लोकप्रिय बन्ने अपेक्षा रहेको सीईओ श्रेष्ठले बताए ।

कर्भ इभीमा ५५ किलोवाट आवर क्षमताको लिथियम आयन ब्याट्री छ। फुल चार्जमा  ३ सय ८० देखि ४०० किलोमिटरसम्म चल्ने सीईओ श्रेष्ठ जानकारी दिए । सीईओ श्रेष्ठका अनुसार यो गाडीले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ९ सेकेन्डमा पार गर्न सक्छ। गाडीको लम्बाइ ४ हजार ३ सय १० मिलिमिटर, चौडाइ १ हजार ८ सय १० मिलिमिटर, उचाइ १ हजार ६ सय ३० मिमी र ह्विलबेस २ हजार ५ सय ६० मिलिमिटर छ। १ सय १९ मिलिमिटर ग्राउन्ड क्लियरेन्स भएको इभीमा १८ इन्चको टायर जडान गरिएको छ ।

गाडीको ड्यासबोर्डमा १२.३ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट टचस्क्रिन, टच बेस क्लाइमेट कन्ट्रोल बटम, स्टेरिङ ह्विल, नेभिगेसन सहितको १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर छ।

यसले सेफ्टीमा पाँच तारे रेटिङ पाएको छ । गाडीमा ६ वटा एयरब्याग, ३६० डिग्री क्यामरा, रोटरी ड्राइभ सेलेक्टर, वायरलेस चार्जिङ प्याड, पानोरोमिक सनरूफ, भेन्टिलेटेड सिट, जेबिएल साउन्ड सिस्टम, इलेक्ट्रिक पार्किङ ब्रेक, अटो होल्ड, हिल स्टार्ट डिसेन्ट असिस्ट, इएसपी, ड्राइभ अलर्ट, ब्लाइन्ड स्पट मनिटर र लेभल २ एडासजस्ता फिचर यसमा छन् । कर्भ इभीको मूल्य ५६ लाख ९९ हजार रूपैयाँ तोकिएको छ । कर्भ ईभी २ वटा रङ सेतो र खरानीमा उपलब्ध रहेको छ ।

यस्तै, टाटाले कर्भ इभीसहित टाटा टियागो इभीको नयाँ मोडेल पनि नेपाली बजारमा सार्वजनिक गरेको छ । टियागो इभीको मूल्य २७ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

टाटाले केथ्रीलाई पानोरोमिक रुफटप दिएको छ । यसले गाडीलाई थप स्टाइलिस देखाएको छ । कारमा ९८ किलोवाट क्षमताको ब्याट्री रहेको छ । १९० मिलिमिटर ग्राउण्ड क्लिएरेन्स छ । जसले अफरोड ड्राइभलाई समेत सहज बनाउने कम्पनीको विस्वास छ । गाडीमा ३६० डिग्रीको क्यामेरा दिएको छ । यस्तै ३६० लिटर क्षमताको बुटस्पेस दिएको छ ।

कम्पनीले सुरक्षित फ्यामेली कार रहेको दाबी गरेको छ । यो कारले ५ स्टार सुरक्षा रेटिङ भारत एनसीएपी प्राप्त गरेको छ । कम्पनीको नेक्सन इभी निकै रुचाइएको ब्राण्ड बनेको थियो । सुरुवाती दिनमा कम्पनीले नेक्शन इभीको माग धेरै बढ्दा लामो समय कुराएर मात्रै गाडी डेलिभरी दिने गरेको थियो ।

सोहि मोडलमा परिवर्तन गरी कम्पनीले नेक्शन केथ्री ल्याएको हो । जसको स्लोगन कम्पनीले ‘नेक्शन केथ्री गेभ चेन्जर’ इभी राखेको छ । टाटाले महिला चालकलाई लक्षित गरी टियागो इभीलाई अघि बढाएको छ । कम मूल्यमा उत्कृष्ट अनुभवका लागि टियागो इभी उपयुक्त भएको कम्पनीको दाबी छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्