Skip to content
Shikhar Insurance
National Life

सिन्धु विकास बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न, ४३ जनाले गरे रक्तदान

Hyundai
NCELL
NIMB

बनेपा काभ्रेमा कर्पोरेट कार्यालय रहेको सिन्धु विकास बैकको सहयोगमा वक्तृत्वकला प्रतियोगिता र बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व सम्बधी वार्षिक कार्ययोजना अन्तर्गत शाखा कार्यालय बाह्रविसेले नेपाल रेडक्रस सोसाइटी बाह्रविसे उप–शाखासँगको संयुक्त आयोजनामा २०८२ वैशाख २९ गते बाह्रविसे नगरपालिका ०८ मा खुल्ला रक्तदान कार्यक्रम र श्री प्राइभेट प्याराडाइज मा.वि.मा नगरस्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो ।

प्राइभेट प्याराडाइज मा.वि.मा आयोजित नगरस्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा बाह्रविसे नगरपालिकाका १० वटा विद्यालयका १८ जान विद्यार्थीले सहभागिता जनाएका थिए ।

उक्त कार्यक्रममा २०० भन्दा बढि जनसमुदायको उपस्थिती रहेको थियो । सो वक्तृत्वकला प्रतियोगितामा प्रथम हुनेलाई १२,०००, द्धितिय हुनेलाई ९,००० र तृतिय हुनेलाई ६ अजारको नगद उपहार पनि प्रदान गरिएको थियो ।

साथै रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरी सहभागिता जनाएका थिए । बैकले आफ्नो सामाजिक उतरदायित्व कार्यलाई निरन्तरता दिने पनि जनाएको छ । सिन्धु विकास बैंक लिमिटेड नेपाल राष्ट्र बैंकबाट ख वर्गको इजाजतपत्र प्राप्त क्षेत्रीय विकास बैंक हो ।

काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, चितवन तथा मकवानपुर गरी पाँच जिल्लाको कार्यक्षेत्र रहेको सिन्धु विकास बैंकको २६ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्