Skip to content
Shikhar Insurance
National Life

सिन्धु विकास बैंकको दुई वर्षको साधारण सभा एकै पटक सम्पन्न, हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित

Hyundai
NCELL
NIMB

काठमाडौं । सिन्धु विकास बैंकको १४औ र १५औ वार्षिक साधारण सभा गत शुक्रबार सम्पन्न भएको छ । गत आर्थिक वर्षमा विविध कारणले साधारण सभा गर्न नसकेको बैंकले दुई वर्षको वार्षिक साधारण सभा एकै साथ सम्पन्न गरेको हो ।

चैत ८ गते शुक्रबार काभ्रेपलान्चोक जिल्लाको धुलिखेलको मिराबल होटल एण्ड रिसोर्टमा सम्पन्न बैकको साधारण सभाले आर्थिक वर्ष २०७९/८० र आर्थिक वर्ष २०८०/८१ को वित्तिय विवरण सर्वसम्मतीले पारित गरेको छ । साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को लागि बाह्य लेखापरीक्षकको नियुक्ती गरेको छ भने स्वतन्त्र संचालकमा भरत बहादुर कार्कीको नियुक्तीलाई पनि अनुमोदन गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साधारण सभाको विशेष प्रस्ताव अन्तर्गत नेपाल राष्ट्र्र बैकले क्षेत्रियस्तरको बिकास बैकको लागि तोकेको न्यूनतम चुक्ता पुंजी एक अर्ब बिस करोड हुनुपर्ने ब्यवस्था बमोजिम बैकको हालकायम रहेको चुक्ता पुंजीको ११६ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सर्वसम्मतीले पारित गरेको छ ।

नेपाल राष्ट्र्र बैक लगायत अन्य नियमनकारी निकायहरुले स्वीकृति प्रदान गरे पश्चात मात्र उक्त हकप्रद शेयर जारी गरिने गरि उक्त प्र्रस्ताव स्वीकृत गरेको हो । साथै, उक्त साधारण सभाले अन्य बैक तथा वित्तीय संस्थासंग मर्जर वा प्राप्ती सम्बन्धि कार्य गर्न सक्ने गरि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सर्वसम्मतीले पारित गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्