काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य स्थिर रहेको छ । बुधबार नयाँ रेकर्ड राखेको सुनको भाउ आज स्थिर रहेको हो ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ७६ हजार रुपैयाँमै किनेबेच भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । बुधबार प्रतितोला २ हजार ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ३० रुपैयाँमा किनबेच भएको छ ।
प्रतिक्रिया दिनुहोस्