काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य सामान्यले बढेको छ । आइतबार छापावाला सुन प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन (शुक्रबार) १ लाख ७० हजार रुपैयाँमा किनबेच भएको छापावाला सुन आज १ लाख ७० हजार ३ सय रुपैयाँमा किनबेच भएको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको छ । चाँदी अघिल्लो दिन १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्