Skip to content
Shikhar Insurance
National Life

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पायो ‘ए’ रेटिङ, अब्बल देखियो कम्पनीको वित्तिय विवरण

Hyundai
NCELL
NIMB

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ‘ए’ क्याटेगोरीको रेटिङ पाएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको वित्तिय विवरणको अध्ययन गरेर ‘ए’ रेटिङ प्रदान गरेको हो ।

कम्पनीको वित्तिय विवरण बलियो रहेको भन्दै ‘ए’ रेटिङ पाएको हो । विवरण अनुसार सन् २०२१ मा कम्पनीले ४ अर्ब ४ करोड ५० लाखको व्यापार गरेको छ । सन् २०२२ मा ४ अर्ब ४१ करोड ५० लाखको कारोबार गरेको छ ।

यस्तै, सन् २०२३ मा ५ अर्ब ३० लाखको कारोबार गरेकोमा सन् २०२४ मा ४ अर्ब १९ करोड २० लाख कारोबार गरेको छ । सन् २०२५ को ६ महिनामा १ अर्ब ५४ करोड २० लाखको कारोबार गरिसकेको छ ।

कम्पनीले आफ्नो दाबी र दायित्वहरु बहन गर्न सक्षम भएर नै ‘ए’ रेटिङ पाएको कम्पनीका लगानी, जोखिम र अनुपालन प्रमुख मनोज धौरालीले बताए ।

उनले भने,  “कम्पनीको ‘ए’ रेटिङ आयो भन्नुको अर्थ कम्पनी पुर्ण रुपमा सक्षम छ, दायित्वहरु बहन गर्नको लागि भन्ने बुझिन्छ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स मर्जर पछाडी स्थापना भएका कम्पनीहरु मध्ये रेटिङ गर्ने यो पहिलो कम्पनी हो । मर्जर भएपछि हाम्रो कुल नेटवर्थ, प्रतिसेयर आम्दानी अन्य कम्पनीहरुको भन्दा बढी छ त्यस अर्थमा लगानी र नेटवर्थ दुबै बढी हुँदा उत्कृष्ट छ भन्ने कुरा प्रमाणित भएको छ।”

उनले थपे, “कम्पनीलाई विदेशी पुर्नबीमा कम्पनीहरुले धेरै विस्वास गरेका छन् । यो रेटिङ हामीले कुनै हकप्रद सेयर र लाभांश, आइपीओमा जानको लागि निकालेको होइन । यो रेटिङ हामीले कम्पनीको सफलता र कम्पनीको दायित्वहरु बहन गर्ने सक्ने क्षमता कस्तो छ भनेर मात्रै मूल्याङ्कन गरेका हौं।”

‘ए’ रेटिङ पाएपछि कम्पनीलाई हेर्ने दृष्टीकेण फरक पर्ने र रिक्स छैन भनेपछि इन्स्योरेन्स प्रिमियम तिर्दा डराउनुपर्ने अवस्था हट्ने कम्पनीले जनाएको छ ।आगामी दिनमा पनि ‘ए’ रेटिङबाट घट्न नदिने र अझै माथिल्लो लेबलमा लैजानेगरी काम गरिरहेको  कम्पनीको भनाई छ ।  कम्पनीले बाढीको क्षतिको कुल दाबी २ अर्ब ५२ करोड परेकोमा त्यसमध्ये ९० करोड मागदाबी भुक्तानी दिइसकेको छ ।

कम्पनीले गत आव ०८०।०८१ मा सेयरधनीहरुलाई ३० प्रतिशत नगद लाभांश पनि दिएको छ । कम्पनीले फागुन मसान्तसम्म २ अर्ब ७५ करोड ३९ लाख ५६ हजार कुल बीमाशुल्क आर्जन गरेको छ भने जारी बीमालेख संख्या २ लाख ७ सय ११ रहेको छ ।

यो कम्पनी २ इन्स्योरेन्स कम्पनी मर्ज भएर एक बनेको हो । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स मिलेर सिद्धार्थ प्रिमियर इन्स्योरेन्स बनेको हो । कम्पनीमा सबैभन्दा धेरै सेयर सिद्धार्थ बैंकको ७.५ प्रतिशत छ । यस्तै, राम लाल श्रेष्ठको ६.२ प्रतिशत, बाल कृष्ण श्रेष्ठको ३.५ प्रतिशत सेयर रहेको छ । कम्पनीमा ५१ प्रतिशत पोमोटरहरुको सेयर छ भने ४९ प्रतिशत पब्लिक सेयर छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) विरेन्द्र बहादुर वैदवार क्षेत्री हुन् । उनी नेपाल बिमक संघको पनि अध्यक्ष रहेका छन् ।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्