काठमाडौं । सिद्वार्थ प्रिमियर इन्स्योरेन्स ‘१७औँ कर्पोरेट बिजनेश अवार्ड २०२५’ अन्तर्गत ‘Non Life Insurance of the Year 2025’ बाट सम्मानित भएको छ । कर्पोरेट खबरद्वारा आयोजित समारोहमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीलाई रक्षामन्त्री मानवीर राइले सम्मानपत्र प्रदान गरेका थिए ।
कुल ११ वटा विधा –उद्योग, व्यापार, स्वास्थ्य, पर्यटन, उड्डयन, बैंक, फाइनान्स, बीमा, सूचना प्रविधि र नवउद्यमी को लागि प्रदान गरिएको अवार्ड मध्ये ‘Non Life Insurance of the Year 2025’ प्राप्त गर्न सिद्वार्थ प्रिमियर इन्स्योरेन्स सफल भएको छ ।
प्रतिक्रिया दिनुहोस्