काठमाडौं । शिव श्री हाइड्रोपवार लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीको जेठ १६ गते सम्पन्न सञ्चालक समितिको निर्णय अनुसार सभा असार ८ गते अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट बत्तीसपुतलीमा बिहान ११ बजे देखि सभा आव्हान गरेको हो ।
कम्पनीले सभामा सेयरधनीका लागि लाभांश वितरण सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन।
सभामा कम्पनीको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्नेछ।
यसका साथै चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकहरूको नियुक्ति सम्बन्धी प्रस्ताव पनि सभाका लागि निर्धारण गरिएको छ।
साथै, सभा प्रयोजनार्थ जेठ ३० गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार जेठ २९ गतेसम्म नेप्सेमा यस कम्पनीको सेयर खरीद गरेका सेयरधनीले मात्रै सभामा सहभागिता हुन पाउँनेछन् ।
प्रतिक्रिया दिनुहोस्