Shikhar Insurance
National Life

शिखर इन्स्योरेन्सकाे ‘विषयगत फिल्म’ सार्वजनिक, सधैँ साथ रहने प्रतिवद्धता

सिंहदरबार संवाददाता
२०८१ चैत्र ३, आईतवार १६:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले २० वर्षको उत्सव मनाउँदै कम्पनीको विषयगत फिल्म सार्वजनिक गरेको छ । सो फिल्ममार्फत ग्राहकहरूले कम्पनीप्रति राखेको विश्वास र उनीहरूको जीवनमा खुशी फिर्ता ल्याउन शिखर इन्स्योरेन्स सधै साथ रहने कम्पनीले जनाएको छ ।

शिखर इन्स्योरेन्सले यो प्लेटफर्म मार्फत फिल्म साझा गर्न, सपनाहरूको रक्षा गर्न र अर्थपूर्ण प्रभाव सिर्जना गर्न शिखरको दुई दशकको प्रतिबद्धतालाई उजागर गर्न र आफ्ना ग्राहकहरुको समर्थनको कदर गरेको जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भिडियोमा भनेको छ, ‘म सम्झिन्छु ती पलहरु जहाँ खुसी हावासँगै उड्थे । जहाँ खुसी दौडिने गर्थे । जहाँ खुसीहास्ने गर्थे । सँग सँगै खेल्ने गर्थे । हामी कति कुरा जानेर र कति कुरा नाजाने सिक्ने गथ्यौँ । जहाँ चाडबार्डको बत्तीले हाम्रो घर उज्यालो हुने गर्थे । तर तयो उज्यालो डरलाग्दो हुन सक्छ । थाहा नै थिएन । जहाँ खुसीको ढुक ढुकी पनि मन्द हुन्छ । थाहा नै थिएन । मैले देखे हरेक परिवर्तन ।’

‘आफन्त त रहे तर आफ्ना कोही रहेनन् । बुवाको विवस्या, आमाको पिडा, अनि दादाको संघर्ष । समयसँगै खुसीका शित लहर फर्किए । मलाई थाहा थिएन । त्यो खुसी फर्काउने दाजु के रहेछ भनेर । नदेखिने तर साथ दिइरहने । लुकेर बुझ्ने र बुझेर बनाउँन मद्दत गर्ने । हामीसँग परिवार बनेर बसेको रहेछ त्योे जादु । त्यसको नाम रहेछ शिखर इन्स्योरेन्स’ भिडियोमा उल्लेख गरेको छ ।

भिडियोमा एक सानो परिवार र खुसी परिवारमा आइपरेको विपत्तमा आफन्त साथी भाई कोही नहुँदा शिखर इन्स्योरेन्स साथमा रहेको सन्देश दिन खोजेको छ । लुकेर बुझ्ने र बुझेर बनाउँन मद्दत गर्ने शिखर इन्स्योरेन्सले मानिसलाई सुख, दुख, आपत, विपत्तमा सधै साथ दिने भिडियोमार्फत सन्देश दिन खोजेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्