Skip to content
Shikhar Insurance
National Life

शिखर इन्स्योरेन्स बन्यो ‘डबल ए’ रेटिङ पाउने पहिलो निर्जीवन बीमा कम्पनी

Hyundai
NCELL
NIMB

काठमाडौं । शिखर इन्स्योरेन्सले इक्रा नेपालबाट ‘डबल ए’ रेटिङ प्राप्त गरेको छ । नेपाल सरकारको लगानी तथा बैदेशिक लगानी रहेको कम्पनीहरु बाहेकका कम्पनीहरु मध्ये ‘डबल ए’ रेटिङ वा सो भन्दा उच्च क्रेडिट रेटिङ प्राप्त गर्ने एक्लो कम्पनी हाे ।

कम्पनी नेपालको सबै भन्दा बलियो तथा सुरक्षित बीमा कम्पनी बनेको हो । नेपालमा सरकारको स्वमित्व रहेको दुइ वटा निकाय र वैदेशिक लगानी रहेको तीन वटा बैंकहरुले मात्र ‘डबल ए’ रेटिङ वा सो भन्दा उच्च स्तरको रेटिङ प्राप्त गरेको छ । रेटिङका क्रममा इक्रा नेपालबाट कम्पनीको निम्न सबल पक्षहरुको विश्लेषण गरिएको छ ।

शिखर इन्स्योरेन्सले नेपालको बीमा क्षेत्रमध्यकै सबै भन्दा अधिक रकम तथा सबैभन्दा अधिक मात्राको महाविपत्ति पुनर्बीमा व्यवस्था गरेको कम्पनीले जानकारी दिएकाे छ । अन्तराष्ट्रिय रुपमै अग्रणी पुनर्बीमा कम्पनीहरुको साथ पाएको शिखर इन्स्योरेन्सले आफ्ना पुनर्बीमकहरुकै साथका कारण भुकम्प तथा बाढी लगायतका बीमा दाबीको दाबी द्रुत गतीमा भुक्तानी गर्न सफल रहेको छ ।

विगतमा समेत भुकम्प बाढी तथा पहिरो तथा हुलदंगाको दाबी भुक्तनी दु्रत गतिमा भुक्तानी गरी नेपालको निर्जिवन बीमा क्षेत्रमा उत्कृष्ट बीमा कम्पनीका रुपमा आफूलाई प्रमाणित गर्दै आएको छ ।

यसका साथै, शिखर इन्स्योेरेन्स क्ष्क्इ द्दठण्ण्ज्ञ क्ष्लायचmबतष्यल क्भअगचष्तथ :बलबनझभलत क्थकतझ कोे अन्तराष्ट्रिय गुणस्तरको प्रमाणपत्र प्राप्त गर्ने पहिलो र एक्लो निर्जिवन बीमा कम्पनीका रुपमा समेत रहेको छ ।

उत्कृष्ट सोल्भेन्सी अनुपात

नेपाल बीमा प्राधिकरणबाट जारी गरिएको जोखिममा आधारित पँजी सम्बन्धि व्यवस्थाहरु अनुसार समेत ३.६७ को उत्कृष्ट सोल्भेन्सी अनुपातसंगै शिखर इन्स्योरेन्सले आफ्नो वित्तीय अवस्थालाई मजबुत बनाउँदै आएको छ । नेपाल बीमा प्राधिकरणबाट जारी गरिएको रु.२५० करोडको न्युनतम चुक्ता पुँजी कायम भैसकेको अवस्थामा समेत नगद लाभांसको साटो बोनस शेयरको माध्यमबाट चुक्ता पुँजी थप वृद्धि गरी आफ्नो मजबुत वित्तीय अवस्थालाई कायम गर्दै आएको छ ।

बजार हिस्सा

शिखर इन्स्योरेन्सले विगत १० वर्ष देखि निरन्तर रुपमा नेपालको निर्जिवन बीमा क्षेत्रमा सबै भन्दा अधिक बजार हिस्सा ओगटन सफल रहँदै आएको छ । अन्य बीमा कम्पनीहरु एक आपसमा गाभिएर संयुक्त कारोबार गरेको अवस्थामा समेत शिखर इन्सयोरेन्सले आफ्नो बजार हिस्सा कायमै राख्न सफल रहँदै आएको छ ।

कम्पनीको अनुभवी व्यवस्थापन पक्षको साथ संगै कम्पनीले आफ्नो जोखिम व्यवस्थापनलाई मजबुत बनाउँदै आइरहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्