काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५.०८ अंकले घटेर २६३१.९८ मा पुगेको हो ।
मंगलबार ३११ कम्पनीको १ करोड ८४ लाख ९१ हजार ९ सय ४१ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५७ करोड ५२ लाख ६ हजार बराबारको कारोबार भएको छ ।
साथै, आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो इन्स्योरेन्स कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्