काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको सेयर सूचीकृत भएको छ ।
आइतबार एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल ल्यूब आयल लिमिटेडको सेयर सूचीकृत भएको हो ।
आइतबार एनएलजी इन्स्योरेन्सको ६२.५६ प्रतिशतले हुन आउने कुल ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ भने नेपाल ल्यूब आयलको २० प्रतिशतले हुन आउने कुल १ लाख २१ हजार ४ सय ३७.८० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
उक्त सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्