काठमाडौं । नेप्सेमा दुई कम्पनीको हकप्रद सेयर र २ कम्पनीको बोनश सेयर सूचिकृत भएको छ ।
नेप्सेमा फरवार्ड माइक्रोफाइनान्सको १३.३० प्रतिशत बोनश वापत १४ लाख ३ हजार ८९९ दशलमव ७६ कित्ता र नेपाल एसबिआई बैंकको ३.८० प्रतिशत बोनश वापत ३९ लाख ९० हजार ५७.८६७२ कित्ता बोनश सेयर सूचिकृत भएको हो ।
त्यस्तै, ङादी ग्रुप पावरको १०० प्रतिशत हकप्रद सेयर वापत १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता र बलेफी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद वापत १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता शेयर सूचिकृत भएको हो ।
अब सूचिकृत यी सेयरहरु भोलि (बुधबार) देखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्