काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ४ जना संस्थापक सेयरधीको नाममा रहेका १ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
संस्थापक सेयरधनी चोलराज शर्मा, जोशीको नाममा रहेको ५० हजार कित्ता, अर्जुन पन्तको ३० हजार कित्ता र अभय बहादुर शाहको नामा रहेको २० हजार कित्ता सेयर बिक्रीमा ल्याएका छन् ।
उक्त सेयरको न्यूनतम मूल्य ४ सय ४५ रुपैयाँ तोकिएको छ । सेयर खरिदको लागि संस्थापक सेयरधाीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय मध्यबानेश्वर काठमाडौंमा आवेदन पेश गर्ने सक्नेछन् ।
साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कम्पनीले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रकृया अगाडी बढाउने एक सूचनामार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्