काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.५४ अंकले बढेर २६८३.८६ मा पुगेको हो ।
मंगलबार २९९ कम्पनीको १ करोड ३९ लाख ६८ हजार २ सय ५८ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब २४ करोड ६२ लाख २१ हजार २६० रुपैयाँ कारोबार भएको छ ।
मंगलबार ४ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज सप्कोशी डेभलपमेन्ट बैंकको ८.५२ प्रतिशत, एनएमबी ५० को ८.०४ प्रतिशत सहित १५७ कम्पनीको सेयर बढेको छ ।
प्रतिक्रिया दिनुहोस्