Skip to content
Shikhar Insurance
National Life

नेप्सेमा दुई लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको छ । बुधबार, स्वाभिमान लघुवित्त र स्वरोजगार लघुवित्त वित्तिय संस्था लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

त्यस्तै, स्वाभिमान लघुवित्तको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको समायोजन अघि सेयर मूल्य प्रतिकित्ता १ हजार ८ सय २२.८६ रुपैयाँ रहेको थियो भने समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ७ सय ३६.०६ रुपैयाँ रहेको छ ।

त्यसैगरी, स्वरोजगार लघुवित्तको १३.५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको समायोजन अघि सेयर मूल्य प्रतिकित्ता ९ सय ६०.२४ रुपैयाँ रहेको थियो भने समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८ सय ४६.०३ रुपैयाँ रहेको छ ।

साथै, अब कम्पनीको सेयर दोस्रो बजारमा वैशाख ११ गते बिहिबारदेखि कारोबारमा आउनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्