Skip to content
Shikhar Insurance
National Life

साङघाई अटो शो: अटोमोबाइलमा वर्चश्वमा विस्तारको चिनियाँ रणनीति, स्मार्ट ब्याट्रीबाट अर्काे फड्को

Hyundai
NCELL
NIMB

सांघाई । अटोमोबाइल इण्डष्ट्रीमा आफ्नो वर्चश्व विस्तार गरिरहेको चिनले व्यापारिक शहर संघाईमा अटोमोबाइल क्षेत्रकै चर्चित अटो शो आयोजना गरिरहेको छ । विश्वभरका अटोमोबाइल उत्पादक र बिक्रेताहरुलाई एउटा थलोमा उपस्थित गराएर चिनले व्यापारिक शक्ति र मनोविज्ञानको प्रदर्शन मात्रै गरिरहेको छैन्, आफ्नो उत्पादक शक्तिको परिक्षण पनि गराईरहेको छ । संसारकै ठूलो अटो शोमा गनिने संघाई अटो शो अप्रिल २३ देखि सुरु भएर मे १ तारिखसम्म चल्दैछ । अटो शोमा विश्वभरबाट अटोमोबाइल व्यापारमा संलग्न लाखौं व्यवसायी संघाई पुगेका छन् ।

एकै दिन लाखौं अवलोकन कर्ताले भ्रमण गर्ने संघाई अटो शोमा चिनले अटोमोबाइल बजारमा आफ्नो आधुनिक उत्पादन कौशल र बजार व्यवस्थापन प्रणाली देखाईरहेको छ । अचम्मको बिषय, यसापलीको अटो शोमा एलन मस्कको टेस्लाले भने स्टल नै पाएन् । विश्वकै ठूलो संघाई मेट्रो लाइनको एउटा कुनामा रहेको नेशनल कन्भेन्सन सेन्टर(संघाई)को बहुतले प्रदर्शनी क्षेत्रमा चिनले आफ्नो कर्पाेरेट हैसियत उजागर गरिरहेको छ । उड्ने कार, नयाँ हेलिकप्टर, हाइब्रिड कारहरुको उपस्थितिले संघाई अटो शोलाई अझै परिस्कृत र व्यापक बनाईरहेको देख्न सकिन्छ ।

विद्युतीय गाडी निर्माण र विकासमा चीनले अन्य देशलाई धेरै पछि छाडेर एक्लै अघि बढेको छ । वातावरणमैत्री गाडी विकासमा चीन अन्य देश भन्दा निक्कै पर पुगिसकेको छ ।

चीनको व्यापारिक शहर साङघाईमा अहिले ठूलो अटो मेला लागिरहेको छ । अप्रिल २३ तारिखदेखी सुरु भएको मेला मे २ सम्म चल्नेछ । मेलाको अवलोकन गर्न विश्व भरका व्यापारी र गाडी निर्माता साङघाई पुगिरहेका छन् । साङघाई अटो शोमा यो पटक इभी गाडीको प्रदर्शनले भरिएको छ ।

वास्तवमा चीनले आफू इभी गाडीमा कति अघि बढेको भन्ने विषय शो मार्फत देखाएको छ । प्यासेन्जर भेहिकलदेखी कमर्शियल भेहिकलसम्म सपना जस्तो लाग्ने गरी चीनले आफ्नो चमत्कारिक विकास गरेको छ । विशेषगरी विद्युतीय गाडीमा प्रयोग हुने ब्याट्रीमा चिनियाँ वैज्ञानिकहरुले एकपछि अर्को गरी ठूलो सफलता प्राप्त गर्दै गएको छ ।

चीनका वैज्ञानिकहरूले ’लिथियम ब्याट्री’ किन असफल हुन्छ भन्ने महत्वपूर्ण कारण पत्ता लगाएका छन्। यो खोज विद्युतीय सवारीसाधनको क्षेत्रमा ठूलो योगदान पुर्याउन सक्ने विश्वास गरिएको छ ।

लिथियम ब्याट्री एक प्रकारको रिचार्जेबल (पुनः चार्ज गर्न मिल्ने) ब्याट्री हो, जसमा उर्जा सञ्चय र उपयोगका लागि लिथियम आयनहरूको प्रयोग गरिन्छ। यसमा दुईवटा इलेक्ट्रोडहरू (एनोड र क्याथोड) हुन्छन् र तिनीहरू बीच लिथियम आयनहरू चार्ज हुँदा एक दिशातर्फ र डिस्चार्ज हुँदा अर्को दिशातर्फ सर्छन्।

लिथियम ब्याट्री हल्का, लामो समय टिक्ने, छिटो चार्ज हुने र उच्च उर्जा क्षमता भएको हुन्छ, जसले गर्दा यो मोबाइल, ल्यापटप, विद्युतीय गाडी तथा सौर्य उर्जा प्रणालीहरूमा व्यापक रूपमा प्रयोग गरिन्छ । हाल चीन लिथियम ब्याट्री उत्पादन र प्रविधिमा अग्रणी राष्ट्र बनेको छ। जापान र कोरियाजस्ता देशहरूसँग नयाँ ब्याट्री प्रविधिमा मित्रवत प्रतिस्पर्धा गर्दै, चीनले थप प्रगति गरिरहेको छ ।

ब्याट्री बिग्रनुको कारण सामान्य ब्याट्रीमा झोल पदार्थ प्रयोग हुने भए तापनि, लिथियम ब्याट्रीमा कडा पदार्थ प्रयोग हुन्छ। चार्ज गर्ने क्रममा लिथियम फैलिँदा र खुम्चिँदा यस्तो ठोस पदार्थमा चिरा पर्न सक्छ, जसले ब्याट्रीलाई असर पुर्याउँछ ।

टोङ्जी विश्वविद्यालय र हुआझोङ विज्ञान तथा प्रविधि विश्वविद्यालयका वैज्ञानिकहरूले अनुसन्धानमार्फत लिथियम धातु बारम्बार प्रयोग हुँदा कमजोर बन्न सक्ने पत्ता लगाएका छन्, जसले ब्याट्री बिग्रन सक्छ । यस अध्ययनलाई साइन्स नामक अन्तर्राष्ट्रिय वैज्ञानिक पत्रिकामा प्रकाशित गरिएको छ । यसले ब्याट्रीको आयु अनुमान गर्न मद्दत पुर्याउने विश्वास गरिएको छ ।

भविष्यका लागि सकारात्मक सङ्केत यस्तो ब्याट्रीहरू परम्परागत ब्याट्रीभन्दा धेरै ऊर्जा संचित गर्न सक्ने, सानो आकारको, सुरक्षित र दीर्घकालीन हुने भएकाले आगामी दिनमा यसको प्रयोग व्यापक रूपमा बढ्ने अपेक्षा गरिएको छ ।

चिनियाँ वैज्ञानिक टोली र अग्रणी कम्पनीहरूबीच सहकार्य हुँदै गएको छ । कतिपय कम्पनीहरूले सन् २०२७ भित्र सानो स्तरमा उत्पादन सुरु गर्ने योजना बनाएका छन् भने सन् २०३० तिर यसको व्यापक प्रयोग हुने सम्भावना रहेको बताइएको छ ।

चीनसँग बलियो उत्पादन क्षमतासहितको बजार, वैज्ञानिक स्रोत र प्रविधि उपलब्ध भएकाले यस्तो नयाँ प्रविधिमा अझ राम्रो प्रगति हासिल हुने विश्वास विज्ञहरूले व्यक्त गरेका छन् ।

चीनमा अहिले २० भन्दा बढी ब्राण्ड विश्वमा आक्रामक रुपमा गाडी बिक्री गरिहरेका छन् । बिल्ड योर ड्रीम (बीवाईडी), डोङफेगं, चागंन, जीएमडब्लु, नीओ, एक्स पेङग, ग्रेट वाल मोटर, बाईटोन, लिफमोटर, होजोन अटो लगायतले गाडी निर्माण गरिहरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्