Skip to content
Shikhar Insurance
National Life

पीडित सहकारी वचत कर्तालाई रकम फिर्ता गर्न चक्रिय कोष स्थापना गर्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले भूमि सम्बन्धी कानूनमा संशोधन गरी भूमिहिन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीको समस्या स्थायी रुपमा समाधान गर्ने भएको छ ।

आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् ।

उनकाअनुसार आागमी आर्थिक वर्षभित्र लागत संकलन र प्रमाणीकरण गरी ५ लाख परिवारलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा उलब्ध गराइनेछ । यसका लागि श्रोत, साधन र जनशक्तिको अभाव हुन नदिने प्रतिवद्धता जनाए । सरकारी तथा सार्वजनिक जग्गाको अभिलेख अद्यावधिक गरिने बताए ।

सहकारीको रकम अपचलन गर्नेको सम्पती लिलाम विक्री गरी प्राप्त हुने रकम वचत कर्तालाई फिर्ता गर्न चक्रिय कोष स्थापनाका लागि बीउ पुँजीको व्यवस्था गरिएको बताए । सहकारी ऋण असुली न्यायाधिकरण स्थापना गरिने बताउँदै समस्याग्रस्त सहकारीका सञ्चालक, पदाधिकारी र कर्जा अपचलनकर्ताहरुको सम्पती एवं राहदानी रोक्का राख्ने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्