काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि एफपीओ निष्कासन गरेको छ । कम्पनीले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको एफपीओ जारी गरेको हो ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७ सय ७३ कित्ता सेयर निष्कासन गरिएको छ । एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछन् ।
कम्पनीले उक्त एफपीओमा फागुन २१ गतेसम्म आवेदन दिन सकिनेछ र सो अवधिमा सेयर बिक्री नभएमा चैत ३ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।
क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस एफपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम रुपमा सुरक्षित रहेको जनाउने ‘इक्रा इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ । इक्रा नेपालले २०८१ साउन १४ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८२ साउन १३ गतेसम्म बाहल रहनेछ ।
इच्छुक व्यक्तिहरुले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछन्। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
प्रतिक्रिया दिनुहोस्