Skip to content
Shikhar Insurance
National Life

धितोपत्र बोर्ड बैठक बस्दै, नयाँ स्टक एक्सचेन्जको मात्रै एजेन्डा

Hyundai
NCELL
NIMB

काठमाडौं । धितोपत्र बोर्डले बोर्ड बैठक बोलाएको छ । बेलुकी साँझ ५ बजेपछि बस्नेगरी बोर्ड बैठक डाकिएको हो ।

बैठकमा एउटा मात्रै एजेन्डा राखिएको छ । स्रोतका अनुसार बिहिबारको बोर्ड बैठकमा नयाँ स्टक एक्सचेन्जको मात्रै एजेन्डा राखेर बैठक डाकिएको हो ।

गतहप्ता मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धितोपत्र बोर्डमा भ्रष्टाचार भएको भन्दै छापा मारेको छ । बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठले घुस (रिसवत) लिन बिचौलिया खडा गरी हाइड्रो लगानीकर्तासँग गरेको कुराकानीको रेकर्ड आयोग पुगेको स्रोतको दाबी छ ।

आयोगले अनुसन्धान अघि बढाउन थालेपछि हतार-हतार बोर्डबाट नयाँ स्टकको लाइसेन्स वितरण गर्ने तयारी बोर्डले गरेको हो । बोर्ड अध्यक्ष श्रेष्ठमाथी साना जलविद्युत आयोजनामा ७ प्रतिशत र ठूला जलविद्युत आयोजनामा ५ प्रतिशतका दरले घुस मागेको आरोप लागेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई नै पुन:संरचना गरी अघि बढाउन पुर्व सचिव रामेश्वर खनाल नेतृत्वको उच्चस्तरिय आर्थिक सुझाव आयोगले भनेको छ । तर धितोपत्र बोर्डले भने जसरी भएपनि नयाँ स्टक एक्सचेन्जको लाइसेन्स विपतरण गर्ने तयारी गरेको छ ।

धितोपत्र बोर्डमा बिचौलिया आतंक-‘आइपीओ स्वीकृतिका लागि ७% सम्म कमिशन अनिवार्य’

 

GBIME

प्रतिक्रिया दिनुहोस्