Shikhar Insurance
National Life

जैविक श्रोतको वैज्ञानिक प्रयोग गर्नसके कृषिमा आमुल परिवर्तन आउँछ : कृषिमन्त्री अधिकारी

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन ६, मंगलवार १४:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्दै जैविक श्रोतको वैज्ञानिक प्रयोग र प्रवर्द्धन गर्नसके नेपालको कृषिमा आमुल परिवर्तन ल्याउन सकिने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाल प्राकृतिक श्रोत, साधनले भरिपूर्ण देश भएको तर चिन्न नसकेको जानकारी दिए । उनले नेपाल जस्तो जैविक विविधताले भरिपूर्ण देशमा औषधिय वनस्पति र अन्य जैविक श्रोतहरुको व्यवसायिक र वैज्ञानिक सदुपयोग गर्नसके कृषिको आधुनिकीकरणसँगै आर्थिक समृद्धिमा पनि ठूलो योगदान पुर्‍याउने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले नेपालमा पाइने विभिन्न वनस्पति, जडिबुटी, कृषिबाली तथा जैविक श्रोतहरुले हाम्रो कृषि प्रणाली, औषधि उत्पादन, पोषण सुरक्षामा महत्त्वपूर्ण योगदान पुर्‍याउने गरेको उल्लेख गरे । उनले जैविक श्रोतहरुको संरक्षण, अनुसन्धान, उत्पादनमुखी व्यवस्थापन तथा व्यवसायिकरण अझै प्रभावकारी हुन नसकेको बताए ।

मन्त्री अधिकारीले सरकार कृषि अनुसन्धान, जैविक विविधताको संरक्षण तथा जैविक श्रोतहरुको औद्योगिक एवं व्यवसायिक प्रयोगलाई प्रवर्द्धनन गर्न प्रतिवद्ध रहेको बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्